२०८२ भाद्र २ गते सोमवार
काठमाडौ । बौद्धमा कोठा भाडामा बस्दै आएका एक परिवार मध्य दुई जना निधन भएको अवस्थामा फेला परेका छन् भने एक जना अचेत अवस्थामा फेला परेका छन् । कोठामा एक महिला आफ्नो एक महिनाको छोरीसहित निधन भएको अवस्थामा फेला परेकी हुन् ।
उनका श्रीमान भने अचेत अवस्थामा उपचारार्थ अस्पताल लगिएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरी निधन भएको अवस्थामा फेला परेका हुन् ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पासंग बस्दै आएकी थिइन् । उनीहरु पसल गर्दै आएका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्की का अनुसार दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको निधन भएको हुनसक्ने आशका गरिएको छ ।
किराना पसल गर्दै आएका उनीहरु अबेर सम्म पनि नउठेपछि घरभेटी बोलाउन गएका थिए । घरबेटीले सामान लिन जादा उनीहरुको त्यस्तो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij