Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

महालक्ष्मी विकास बैंकको पोखरा शाखा पुर्णरुपमा क्षती

महालक्ष्मी विकास बैंकको पोखरा शाखा पुर्णरुपमा क्षती


  • 1.4K
    Shares

    • images
    महालक्ष्मी विकास बैंकको पोखरा शाखा पुर्णरुपमा क्षती

    काठमाडौं । देशभर भएको जेनजीको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ । 

    बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैंकले गरेको छ।

    विज्ञप्तिमा घटनाक्रमका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरिएको छ।

    यसैबीच, बैंकको लेकसाइड, पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ। उक्त शाखाबाट प्रवाह हुने सेवा भने नजिकका शाखा कार्यालयमार्फत लिन सकिने जानकारी दिइएको छ।

    लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेका बैंकले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १४:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij