२०८२ भाद्र २४ गते मंगलवार
देखिएकै बेथिति, अनियमितता र भ्रष्टाचारको उल्लेख गरेर साध्य छैन, नदेखिएका त कति होलान्, होलान् । यसको जानकारी सबै नेपालीलाई छ, जेनजी पुस्तालाई त झन् धेरै छ ।
जेनजी पुस्ता भिषा लागे बाहिरिएको छ, नलागे यही उकुसमुकुस र बेथितीको चाङमा आफ्नो सपना मारेर बाँच्न अभिशप्त छ । भिषा लागेर बाहिरिएकाहरूको पीडा पनि अनन्त र अथाह छ । आफ्नै देशमा बस्ने र बँच्ने उसको ईच्छा शासकहरूले पटकपटक किचिमिचि पारिदिएको छ ।
यस्तो परिस्थितिले निम्त्याएको उकुुसमुकुसमा बाँच्न अभिशप्त जेनजीले शासकसँग आफ्नो भविष्यको ‘ब्ल्यू प्रिण्ट’ खोज्दै आन्दोलनको घोषणा ग¥यो । तर खुनी सत्ताले उसको कुरा सुन्नु र भावना बुझ्नु भन्दा सत्ताको उन्मादमा गोली दागेर तह लगाउने दुःस्वप्न देख्यो । परिणामतः डेढ दर्जन जेनजीको प्राणको आहुतिले उसको केन्द्रमा ठूलै कम्पन उत्पन्न गरिदिएको छ ।
यो बेला,
“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए”
भूपी शेरचनको कविताका यिनै हरफहरू स्मरण गरेर चित्त बुझाउनुको विकल्प छैन । किनभने भत्केका र जलेका संरचना त बनाउन सकिन्छ तर गोलीले ढलेका शरिर फिर्ता ल्याउन सम्भव छैन, भलै खुनी सत्ताले यो कुरा नबुझोस् ।
सत्ताको मात र भ्रष्टाचारबाट आर्जित कालो धनको उन्मादमा शासक अन्धो बनेको योबेला उसलाई आवाजको सियोले घोचिरहनु बाहेकको विकल्प हामीसँग छैन, तर यस्तो उन्मादले अन्धो बनेको उसलाई जनताले उचित समयमा आफ्नो मत÷अभिमतको माध्यमबाट अपाङ्ग बनाइदिने बारे खुनी शासक बेखबर छ ।
यस्तै यस्तै पारा र प्रवृत्तीका शासकहरूले आफ्नो चिहान आफैले खनेका अनेक दृष्टान्तहरू हामीबिच छ ।
जेनजीमाथिको बर्बर दमनप्रति हाम्रो बिरोध छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij