Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

खाद्य प्रविधि विभागका चौधरी ३० हजार घुससहित रंगेहात पक्राउ

खाद्य प्रविधि विभागका चौधरी ३० हजार घुससहित रंगेहात पक्राउ


  • 1.3K
    Shares

    • images
    खाद्य प्रविधि विभागका चौधरी ३० हजार घुससहित रंगेहात पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका एक प्राविधिक सहायकलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस माग गरी हैरानी दिएको भन्ने सूचनाका आधारमा प्राविधिक सहायक सन्जय चौधरीलाई विभागकै परिसरबाट सोमबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

    आयोगको टंगालबाट खटिएको टोलीले विशेष सूचना तथा उजुरी निवेदनका आधारमा अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक चौधरीलाई रंगेहात पक्राउ गरेको हो ।

    चौधरीले सेवाग्राहीबाट ३० हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान–२ समेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १९:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij