Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साझा पार्टीसँग एकता हुने भएपछि फुट्यो विवेकशील

साझा पार्टीसँग एकता हुने भएपछि फुट्यो विवेकशील


  • 8.1K
    Shares

    साझा पार्टीसँग एकता हुने भएपछि फुट्यो विवेकशील

    काठमाडौं । साझा पार्टीसँग एकता गर्ने भएपछि विवेकशील नेपाली दल फुटेको छ । साझासँगको एकताप्रति असन्तुष्ट रहेका विवेकशील दलका केही पदाधिकारीहरुले अलग्गिएको घोषणा गरेका छन् ।

    विवेकशीलकी उपाध्यक्ष अजीता राईसहित १३ संघीय समितिका जनाले साझासँगको एकताप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन् । १३ जनाले बिहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दुई दलबीचको एकतामा सहभागी हुन नसक्ने बताएका छन् ।

    उनीहरुले फेरि पार्टी दर्ताका लागि आफूहरुको विचारसँग सहमत हुनेहरुबीच छलफल गरी छिट्टै अगाडि बढ्ने पनि बताएका छन् ।

    विवेकशील नेपाली दलको संघीय समितिमा ३५ जना रहेका छन् । जसमध्येका १३ जनाले साझासँगको एकतामा सहभागी नहुने जनाएपछि अब २२ जना संघीय समितिका सदस्य साझासँगको एकता प्रक्रियामा सहभागी हुनेछन् ।

    विवेकशील दलका उपाध्यक्ष अजीता राईसहित सचिव ९कार्यालय व्यवस्थापन० संगीता बटाजुसहित संघीय कार्यसमिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जैसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदीले साझा पार्टीसँगको एकता प्रक्रियामा सहभागी नहुने जनाएका हुन् ।

     

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १२:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij