Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ


  • 1.8K
    Shares

    • images
    एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

    काठमाडौं ।  एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ राई दोहोरिएका छन्।

    बैंक सञ्चालक समितिको आज बसेको बैठकले बैंकको सीईओमा पुनः खालिङलाई दोस्रो कार्यकालका लागि दोहोराउने निर्णय गरेको हो। उनको दोस्रो कार्यकालको नियुक्ति आउँदो असोज ८ गतेबाट लागू हुने भएको छ।

    पुनः नियुक्तिपछि खालिङले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिएका छन्।

    खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन्। २०७८ असोज ८ गते उनले एभरेष्ट बैंकको सीईओको जिम्मेवारी पाएका थिए।

     

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १५:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij