२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहित हो ।
हाल चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरिएको कम्पनीले जानकारी दिएको छ । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुने भएको छ । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ हाराहारीमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij