Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा


  • 1.1K
    Shares

    • images
    एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंकको संस्थापक  शेयर बिक्रीमा राखिएको छ। बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको छ। यस शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन्।

    यसअघि बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी शेयर बिक्रीका लागि राखिएको छ। तर, संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij