Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता


  • 1.4K
    Shares

    सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

    काठमाडौं । पौडी खेल्ने क्रममा सुनकोसी नदीमा एक किशोर बेपत्ता भएका छन्।

    शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाटस्थित पवन मग्रातीको छोरा अन्दाजी वर्ष १४ को प्रख्यात मग्राती सुनकोसी नदीको किनारमा पौडी खेल्ने क्रममा अचानक डुबी बेपत्ता भएका हुन्। 

    सो सम्बन्धी खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी वरिष्ठ हवल्दार इन्द्र बहादुर मगरको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। 

    यस्तै, इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेल नेतृत्वको प्रहरी टोली र सशस्त्र प्रहरी विपत व्यवस्थापन बेश खुर्कोटबाट सहायक प्रहरी निरिक्षक ज्ञानेद्र राउतको संयुक्त प्रहरी टोली खटिगई खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १७:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij