२०८३ कार्तिक ५ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ५ गते (अक्टोबर २२) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, यूके पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चाइनिज युआन, साउदी अरेबियन रियाल, कतार रियालको भाउ घटेको हो।
राष्ट्र बैंकले आज बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा तोकेको छ। बुधबार यसको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा थियो।
यस्तै आज युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा छ। बुधबार यसको खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा थियो।
आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा तोकिएको छ। हिजो यसको खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा थियो।
आज स्विस फ्र्यांक १ को खरिददर १८२ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १८३ रुपैयाँ ३७ पैसा छ। बुधबार खरिददर १८३ रुपैयाँ ७० पैसा र बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा थियो।
यस्तै आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ। हिजो बुधबार यसको खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा थियो।
आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर ११८ रुपैयाँ ५० पैसा कायम गरिएको छ। हिजो यसको खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा थियो।
आज जापानिज येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा छ। बुधबार यसको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो।
यसैगरी आज चाइनिज युआन १ को खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा तोकिएको छ। हिजो खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा थियो।
आज साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ३७ पैसा छ। हिजो यसको खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा थियो।
यसैगरी आज कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बुधबार खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा थियो।
आज अस्ट्रेलियन डलरको मूल्य भने बढाइएको छ। राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा छ। हिजो खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij