Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

भ्रष्टाचारसम्बन्धी ३० मुद्दामा प्रत्यर्थी झिकाउने आदेश

भ्रष्टाचारसम्बन्धी ३० मुद्दामा प्रत्यर्थी झिकाउने आदेश


  • 400
    Shares

    भ्रष्टाचारसम्बन्धी ३० मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतमा चार वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ११७ थान मुद्दा मध्ये ३० वटामा प्रत्यर्थी झिकाउने आदेश भएको छ । 

    ७ वटामा पुनरावेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको छ भने बाँकी मुद्दा भने आज हेर्न नभ्याउने सूचीमा राखिएको छ । 

    सर्वोच्च अदालतले २०७७ पछि दर्ता भएका घुससँग जोडिएका भ्रष्टाचार मुद्दा एक साथ पेसीमा तोकेको थियो ।
    सर्वोच्चले भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर दुई महिनाअघि देखि एकै प्रकृतिको मुद्दाका लागि इजलास गठन गर्दै आइरहेको छ ।

    शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भ्रष्टाचारसँग सम्बन्धित ३० थान मुद्दा पेसीमा तोकिएको थियो । त्यस्तै न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा २९ थान पेसी रहेको थियो । 

    साथै न्यायाधीशद्वय कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा २९ थान मुद्दा पेसी तोकिएको थियो । साथै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा २९ थान पेसी तोकिएको हो ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १६:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij