Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

भर्ने हैन त झापा इनर्जीको आइपीओ ? यसरी दिनुस् आवेदन

भर्ने हैन त झापा इनर्जीको आइपीओ ? यसरी दिनुस् आवेदन


  • 120
    Shares

    भर्ने हैन त झापा इनर्जीको आइपीओ ? यसरी दिनुस् आवेदन
    images

    काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आइपीओे निष्कासन गरेको छ ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।

    यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।

    आइपीओे छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ ।

    जसले उच्च जोखिम संकेत गर्दछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओे जारी गरिसकेको थियो ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १५:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij