Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कपिलवस्तुमा कोरोना संक्रमणबाट २ प्रधानाध्यापकको मृत्यु

कपिलवस्तुमा कोरोना संक्रमणबाट २ प्रधानाध्यापकको मृत्यु


  • 5.9K
    Shares

    कपिलवस्तुमा कोरोना  संक्रमणबाट २ प्रधानाध्यापकको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमणबाट शुक्रबार दुई निजी विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।

    कोरोना संक्रमित शिवराज नगरपालिका–३ की ४७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी फफुरी इंग्लिस बोर्डिङ स्कूल चन्दौटाकी प्रधानाध्यपक थिइन् । शिवराज नगरापलिका–५ का ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी खरेन्द्रपुरस्थित गोल्डेन पार्क एकेडमीका प्रधानाध्यापक थिए ।

    दुवै जनाको शिवराज नगरपालिकाले चन्द्रौटामा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

    जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय ७३ जना रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij