Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

एनआईएमबी एस क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा

एनआईएमबी एस क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा


  • 421
    Shares

    एनआईएमबी एस क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा
    images

    काठमाडौं । एनआईएमबी एस क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरिएको छ।

    योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबीएल ग्रोथ फन्ड, मेगा म्युचुअल फन्ड-१ र एनआईबिीएल समृद्धि फन्ड–१ को लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरु करसहित एनआईबीएल ग्रोथ फन्डमा १० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ), मेगा म्युचुअल फन्ड-१ मा ११.७५ प्रतिशत (१४ करोड ६८ लाख ७५ हजार रुपैयाँ) र एनआईबिीएल समृद्धि फन्ड-१ मा ७ प्रतिशत (१० करोड ५० लाख रुपैयाँ) नगद लाभांश वितरण गरिने क्यापिटलले जानकारी दिएको छ । 

    लाभांश वितरणार्थ भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ भने यसको अर्थ भदौ २६ गतेसम्म कायम इकाइधनीले यी म्युचुअल फन्डको लाभांश पाउनेछन्।

     

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १७:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij