Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रुपन्देहीका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ, १० लाख बरामद

रुपन्देहीका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ, १० लाख बरामद


  • 1.2K
    Shares

    रुपन्देहीका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ, १० लाख बरामद

    काठमाडौं । रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा २६ वर्षीय इरफान अन्सारी, २६ वर्षीय प्रेमलाल यादव र ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले जानकारी दिएको छ । 

    रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउनसुगर, अन्सारीको साथबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर र प्रवेजको साथबाट डाइजेपाम ९८ एम्पुल, ब्रुप्रेनोरफिन ९६ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड ९९ एम्पुल, स्पास्मो २६० थान र १० लाख २० हजार रुपैयाँ बरामद भएको छ। 

    साथै, उनीहरूले प्रयोग गरेको तीन थान मोबाइल, दुई वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। तीनै जनालाई हिरासतमा राखेर घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको एसपी क्षेत्रीले बताएका छन्।   

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १५:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij