Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का

अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का


  • 393
    Shares

    अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का
    images

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अनुदान वितरणमा धेरै विश्वास गर्न नहुने बताएका छन् । 

    बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले हाल सबैतिर भईरहेको अनुदान वितरणप्रति असन्तुष्टी जनाएका छन् । ऋणमा लिएका पैसालाई अनुदान भनेर वितरण गर्न थाल्यौँ भने मुलुकको अवस्था के हुन्छ होला रु उनको प्रश्न छ ।

    आर्थिक अनुशासन कायम गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। नेपालजस्तो गरिब देशले विभिन्न समस्याका कारण बाहिरबाट आउने अनुदानहरु पनि कटौती भइरहेको बेला अनुदान वितरणमा धेरै विश्वास गर्न नहुने उनको भनाई रहेको छ ।

    उनले भने, ‘अहिले सबै ठाउँमा जे मा पनि हामी अनुदान भनिरहेका छौँ । अनुदानमा धेरै विश्वास गर्नु हुँदैन । अनुदानले एक त गरिब देश, अनुदान सरकारले बाहिरबाट आउने अनुदानहरु पनि विभिन्न अन्तराष्ट्रिय आर्थिक समस्याका कारणहरु बन्द हुन थालेका छन् । र हामीले ऋणमा लिएका पैसा अनुदान भनेर वितरण गर्न थाल्यौँ भने मुलुकको अवस्था के हुन्छ होला रु त्यसकारणले आर्थिक हिसाबले पनि हामीहरुले अनुशासन कायम गर्नुपर्ने छ ।’ 

    उनले राष्ट्रिय लघु तथा साना जलविद्युत आयोजनाहरुलाई व्यवसायिक हुन आग्रह गरेका छन् । विगतमा बढी सहयोगीे, सेवाको दृष्टिकोणले काम गरेपनि अब यसलाई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिएका छन् । यसलाई सहयोगी हुँदाहुँदै व्यवसायिक कसरी हुन्छ रु भन्नेतिर ध्यान दिइएन भने संस्थाहरु बाच्न पनि गाह्रो हुने उनले बताएका छन्। उनले यी संस्थाहरुले मुलुकको राजश्वमा केही हिस्सा भएपनि योगदान दिनुपर्नेमा जोड दिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:४१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij