Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट


  • 2.0K
    Shares

    • images
    एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट

    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग सम्झौता गरेको छ ।

    यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुने  भएको छ ।

    साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्ने छन् ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १८:१२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij