२०८२ भाद्र २ गते सोमवार
झापा । झापाको हल्दिवारी गाउँपालिकामा एक युवक पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । हल्दिवारी–४ का ३३ बर्षीय रामबहादुर चौधरी शुक्रबार बिहान पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएका चौधरी स्थानीय काजली खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij