Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु


  • 5.9K
    Shares

    गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

    पोखरा । कास्कीका एकसहित गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुष रहेका छन् । उनको होम आईसोलेसनमा हिजो मृत्यु भएको र हिजो नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पर्वत जिल्लाकै कूश्मा वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको हिजोनै मृत्यु भएको छ। उनमा पनि हिजै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    त्यसैगरी अर्का मृत्यु हुनेमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १ का ६० वर्षीय महिलाको पनि हिजो उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २५ का ६५ वर्षीय पुरूषको पनि मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा मृत्युहुनेको कुल संख्या दुई सय ४५ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १३:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij