२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने पक्का भएको छ । उनी आगामी मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाँधिन लागेको बुझिएको छ ।
उनी लामो समयदेखि रावतसँग प्रेममा रहेको विषयमा लोकान्तरले यसअघि समाचार सार्वजनिक गरेको थियो । त्यतिबेला मंसिर ५ गते बिहे हुने हल्ला थियो, तर स्वेताले तत्काल बिहे गर्ने विषयमा नसोचेको प्रतिक्रिया दिएकी थिइन् ।
सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनको बिहे हुनेछ । विवाहमा उनीहरू दुई परिवारका सदस्य मात्रै उपस्थित हुने जनाइएको छ । चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र उद्योगमा पाइला चालेकी स्वेताले गर्न लागेको यो दोस्रो बिहे हो ।
यसअघि २०७१–३–२३ मा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेकी थिइन्, तर बिहे भएको १ महिनामै श्रीकृष्णको निधन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij