Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने पुरुषमाथि चल्दैछ मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने पुरुषमाथि चल्दैछ मुद्दा


  • 1.1K
    Shares

    अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पलाई मार्ने प्रयास गर्ने पुरुषमाथि चल्दैछ मुद्दा
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लागेका व्यक्तिविरुद्धको मुद्दाको तयारी अन्तिम चरणमा पुगेको छ ।मंगलबार हुने पूर्व परीक्षण सुनुवाइमा आरोपी रायन राउथले आफ्नो वकालत आफैँ गर्ने भएका छन् । रायनमाथि गत वर्ष फ्लोरिडामा ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप छ । 

    कुनै कारणले ढिलाइ भएन भने, यस मुद्दाको लागि निर्णायक मण्डल छनोटको प्रक्रिया सोमबार फोर्ट पियर्सको सङ्घीय अदालतमा सुरु हुने भएको छ । जुलाईमा, अमेरिकी जिल्ला न्यायाधीश एली क्याननले राउथलाई आफ्नो प्रतिनिधित्व गर्न अनुमति दिएका थिए । 

    घटना घटेको झन्डै एक वर्ष पछि यो मुद्दा सुरु हुँदैछ । अमेरिकी गोप्य सेवा एजेन्टले ट्रम्पको हत्या गर्ने प्रयासलाई विफल पारेको त्यतिबेला अभियोजन पक्षले बताएको थियो । घटनाको समयमा, ट्रम्प वेस्ट पाम बीचस्थित आफ्नो कन्ट्री क्लबमा गल्फ खेलिरहेका थिए । 

    त्यसपछि ५९ वर्षीय रायनलाई राष्ट्रपति पदका प्रमुख उम्मेदवारको हत्या गर्ने प्रयास गरेको, सङ्घीय अधिकारीमाथि आक्रमण गरेको र हतियार सम्बन्धी धेरै आरोपहरूको आरोप लगाइएको थियो । 

    धेरै हप्तादेखि रायन राउथले ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोप सरकारी वकिलहरूले लगाएका छन् । २०२४ को सेप्टेम्बर १५ मा उनले झाडी पछाडिबाट ट्रम्पमाथि गोली चलाउने प्रयास गरेका  थिए । यस घटनामा प्रहरीलाई एक साक्षीले मद्दत गरेका थिए । आफूले कसैलाई दौडिरहेको देखेको उनैले अधिकारीहरूलाई बताएका थिए ।



    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १५:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij