Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

 स्याङ्जाको एकै गाउँका १९ जनामा कोरोना संङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल

 स्याङ्जाको एकै गाउँका १९ जनामा कोरोना संङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल


  • 7.0K
    Shares

     स्याङ्जाको एकै गाउँका १९ जनामा कोरोना संङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल
    images

    स्याङ्जा । स्याङ्जाको एकै गाउँका १९ जनामा कोरोना संङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ ।

    वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर स्वास्थ्य परीक्षण गरेका थिए ।

    गत १४ गते गाउँमा चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरु एन्टिजिन परीक्षण गर्न प्राथमिक अस्पताल आएका थिए ।‘सात जनाको एन्टिजिन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै गएर परीक्षण गर्‍यौँ । २५ जनाको नमुना परीक्षण गर्दा १९ जना संक्रमित भेट्यौँ । अहिले गाउँनै सिल गरेका छौँ ’,नगरप्रमुख दिलिप खाँणले भन्नुभयो ।

    उक्त गाउँमा ९ वर्षका बालकदेखि ७७ वर्षकी ज्येष्ठ महिलासम्म संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरिक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । सङ्क्रमण हुनेमा महिला १४ जना र पुरुष ५ जना रहेका छन् ।

    गाउँमै पुगेर आवश्यक औषधिहरु वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेका पाण्डेले बताउनुभयो । वालिङ स्थित प्राथमिक अस्पतालमा ६ बेडमा अक्सिजनसहितको आइसोलेशन कक्ष संचालनमा ल्याइएको छ ।

    कोरोनाको हब बन्दै गएको वालिङ नगरभित्र बुधबार मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म वालिङमा मात्रै २०८ जना सक्रिय संक्रमित छन् भने जिल्लाभर ३३१ रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १३:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij