२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । शिक्षकलाई गुरु मानिन्छ, तर एक प्रिन्सिपलले आफ्नो मर्यादालाई नै कुल्चिएर ७ कक्षाकी छात्रालाई लभ लेटरु (प्रेम पत्र) मात्र पठाएनन्, आफूसँग बिहेका लागि दबाबसमेत दिए ।
घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढस्थित एक विद्यालयको हो। भारतीय सञ्चारमाध्यमका अनुसा अलीगढको जवाँ ब्लकको एउटा गाउँमा रहेको सरकारी विद्यालयका प्रिन्सिपल शकिल अहमदले आफ्नै विद्यालयमा ७ कक्षामा अध्ययनरत छात्रालाई लभ लेटर पठाएका थिए।
म तिमीलाई निकै मन पराउँछु, तिमीलाई पत्नीका रूपमा लिएको छुु जस्ता विवरणसहित प्रिन्सिपलले आफूलाई लभ लेटर पठाउने गरेको भन्दै पीडित बालिकाले परिवारलाई जानकारी गराएकी थिइन् ।
पढ्ने छात्रालाई प्रिन्सिपलको लभ लेटर, बिहे गर्न दबाबपछि पक्राउ
म तिमीलाई निकै मन पराउँछु, तिमीलाई पत्नीका रूपमा लिएको छुु जस्ता विवरणसहित प्रिन्सिप आफूलाई लभ लेटर पठाउने गरेको भन्दै पीडित बालिकाले परिवारलाई जानकारी गराएकी थिइन् ।
ती प्रिन्सिपलले आफूसँग विवाहका लागि दबाबसमेत दिएको पीडितले परिवारलाई जानकारी गराएपछि स्थानीय प्रशासनमा यसबारे उजुरी गरिएको थियो। जिल्ला अधिकारी र एसएसपीसमक्ष यसबारे उजुरी गरेपछि प्रहरीले आरोपित प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।
शिक्षा अधिकारी राकेश कुमारले आरोपित प्रिन्सिपललाई तत्काल निलम्बन गरिएको जानकारी दिए। उनको शिक्षक सेवा समाप्त गरी बर्खास्तको तयारी भइरहेको राकेश कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आरोपित शिक्षकमाथि थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij