Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • 8.6K
    Shares

    नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज (वैशाख २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

    एनआइसी एसियाले वैशाख १९ गतेबाट नेसनल लाइफ इन्सुरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । 
     
    लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४४३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

    दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij