Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

नबिल इन्भेस्टमेन्टको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

नबिल इन्भेस्टमेन्टको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न


  • 995
    Shares

    • images
    नबिल इन्भेस्टमेन्टको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

    काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट भएको छ।

    नबिल इन्भेष्टमेन्टले प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको २ करोड ५० लाख इकाई मध्ये प्रथम चरणमा निष्काशन गरिएको १ करोड ५० लाख इकाई गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणहरुमा निष्काशन गरेको थियो।

    सोमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि १ करोड १२ लाख ५० हजार इकाईहरु सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानविन गरी योग्य आवेदकहरुलाई इकाई बाँडफाँट गरेको हो।

    सो योजनाको इकाई भदौ १६ गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिएको हो। बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेडको प्रतिनिधी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रतिनिधी, योजना व्यवस्थापकको प्रतिनिधी तथा प्रोफेशनल कम्प्यूटर सिस्टम प्रा.लि.को प्रतिनिधी र सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिती रहेको थियो। बाँडफाँट सम्बन्धि नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:४६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij