Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले २०० प्रतिशत हकप्रद शेयर ल्याउने

नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले २०० प्रतिशत हकप्रद शेयर ल्याउने


  • 1.2K
    Shares

    नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले २००  प्रतिशत हकप्रद शेयर ल्याउने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजेबाट सुरु हुने भएको छ।

    सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    हकप्रद शेयर जारीपछि शेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्ने भएको छ।

    कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधनका लागि प्राप्त रायसुझावअनुरुप कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने भएको छ।

    सभाले गत आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८२\८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्ने भएको छ।

     

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij