२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
२४ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा यस कम्पनीका संचालक कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता ,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई सम्मान गरेका हुन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यस “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीलेएलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्ञालय भएको र यहाँबाट सिङ्गै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमा बारे सिक्ने अवसर पाएको भनी गर्व गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij