Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु


  • 7.2K
    Shares

    लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती मृत्यु हुनेमा १ जना कोरोना विशेष अस्पतालको आईसीयूमा र २ जना प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो ।

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षीय पुरुषको राती १ बजे मृत्यु भएको छ । उनी वैशाख २० गतेदेखि कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत थिए ।

    त्यसैगरी, वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षीय पुरुषको राती २:२१ मा मृत्यु भएको छ भने वैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की अर्की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

    आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ११:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij