२०८२ माघ ७ गते बुधवार
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अर्वको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वर सम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमहरुको संक्षिप्त विवरहरु देहाय बमोजिम रहेका छन् ।
महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij