Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक


  • 1.4K
    Shares

    • images
    असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ।

    लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाटअसोज २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

    बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

     

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १३:२०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij