Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?

लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?


  • 1.1K
    Shares

    • images
    लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?

    काठमाडौं ।  माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

    बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगडद लाभांश (करसहित) रहेका छन्। गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत लाभांश क्षमता रहेको थियो।

    प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय बैठकले गरेको छ। केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - ११:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij