Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चट्याङ्ग लागेर एकको मृत्यु, आठ घाइते

चट्याङ्ग लागेर एकको मृत्यु, आठ घाइते


  • 7.6K
    Shares

    चट्याङ्ग लागेर एकको मृत्यु, आठ घाइते

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

    मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    आज बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ्ग लागेको हो । चट्याङ्ग लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा गाहाको भने बाटोमै मृत्यु भएको थियो । 

    घाइते हुनेहरुमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    घाइतेहरुमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ११:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij