Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीको व्यापार ६ प्रतिशतले बढ्यो , कसको कति ?

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीको व्यापार ६ प्रतिशतले बढ्यो , कसको कति ?


  • 1.0K
    Shares

    चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीको  व्यापार ६ प्रतिशतले बढ्यो , कसको कति ?

    काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले साउनमा १९ अब ६५ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।  चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीले १९ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार गरेको  हो।

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यापार ६.०२ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार वृद्धिको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा कम्पनीको व्यापार बढेको छ भने ३ वटाको घटेको छ।

    चालु आर्थिक वर्षको साउनमा नेपाल लाइफले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।  नेसनल लाइफले अघिल्लो वर्ष साउनमा २ अर्ब २६ करोड ५४ लख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ पुगेको छ। 

    यसैगरी चालु आर्थिक वर्षको साउनमा  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ अर्ब ३ करोड ९९ लाख,एसियन लाइफले ९४ करोड ८६ लाख, सिटिजन लाइफले ८५ करोड ६४ लाख, हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख  र सूर्यज्योति लाइफले १ अर्ब २४ कोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छे। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ४.८८ प्रतिशत, सूर्यज्योति लाइफको १०.२६ प्रतिशत, एसियन लाइफको २.२९ प्रतिशत र सिटिजन लाइफको १२.०८ प्रतिशतले व्यापार बढेको छ भने लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १.८४ प्रतिशतले घटेको छ।

    यसैगरी आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख र मेट लाइफले ५३ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफको ६.४४ प्रतिशत, आइएमई लाइफको २३.५३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५ प्रतिशत, रिलायबल नेपाल लाइफले १६.४१ प्रतिशत र मेट लाइफको ६.८१ प्रतिशतले व्यापार बढेको छ।

    त्यस्तै चालु आर्थिक वर्षको साउनमा सन नेपाल लाइफले ३६ करोड ५२ लाख र  राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख कुल बीमाशुल्क आर्जन गरेको छे। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ७.४४ प्रतिशत र सन नेपाल लाइफको १८.६१ प्रतिशतले व्यापार घटेको छ।

     

    प्रकाशित मिति :भाद्र १३ २०८२ शुक्रवार - १४:२३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij