२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई सञ्चालकमा नियुक्त गरेको थियो ।
अर्थ मन्त्रालयले बनायो योजना अनुरूप उनलाई बुधवार बसेको सञ्चालक समिति बैठकले अध्यक्ष नियुक्त गरेको हो । बैंकका यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेको लागि तयारी भइरहेको छ । पौडेलले यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् । पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो व्यावसायिक अनुभव छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij