२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
‘आजसम्म आइपिओ भर्नेहरुले पछि फेरि भर्नु पर्दैन’ क्यापिटलका एक अधिकारीले भने ‘अवस्था केही मत्थर भएपछि फेरि निष्कासन गर्नेछौं।
स्थानीयका लागि आइपिओ बिक्री प्रक्रिया ढिला हुने भएपछि सर्वसाधारणका लागि खुल्न पनि ढिला हुने भएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र प्रभावित र सर्वसाधारण सबैका लागि आइपिओ निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओखुलाइएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij