Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अक्सिजन सिलिन्डरहरू अस्पतालमा फिर्ता गर्न व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

अक्सिजन सिलिन्डरहरू अस्पतालमा फिर्ता गर्न व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह


  • 9.5K
    Shares

    अक्सिजन सिलिन्डरहरू अस्पतालमा फिर्ता गर्न व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ ।

    अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आग्रह गरेको हो ।

    'धेरै भन्दा धेरै सिलिन्डरहरु भरी नेपाली नागरिकको ज्यान बाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनुहुन अनुरोध छ' मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमा भनेका छन् ।

    कोरोना भाइरसको गम्भीर संक्रमित भेटिएपछि पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको अभाव हुने खतरा बढेको छ । मानिसहरुले आआफैं घरमा अक्सिजन सिलिन्डर राख्ने गरेकाले अभाव भएको अस्पतालहरुको दावी छ ।

    मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १३:३१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij