Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई कुलमानको आह्वान

उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई कुलमानको आह्वान


  • 141
    Shares

    • images
    उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई कुलमानको आह्वान
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई आह्वान  गरेका छन्।  

    लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली  मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको  समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका हुन् । उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे।

    खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले  २०७२ सालको संविधानमा एनआरएन   नागरिकताको प्रावधान रहेता पनि दश वर्ष सम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढिला नगरीकन  यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने।

    घिसिङले  सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे।  ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मर्म अनुरूप  वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए।

    भर्खरै गरिएको एक अध्ययनले नेपालीहरूले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलर भन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठुलो एसेट (सम्पत्ति) भएको बताए  हो।  एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे। उनले नेपालको रूपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १०:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij