२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । भदौ २० गतेदेखि प्रदर्शनमा आउने फिल्म रिमै को ट्रेलर सार्वजनिक गरिएको छ।
खिल बहादुर गुरूङको निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरले रिमै गुरूङ समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको देखाउँछ।
१ मिनेट ३२ सेकेन्डको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन्। रिश्मा गुरूङसँगको केमेस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरूङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।
यसअघि सार्वजनिक पोस्टर र टिजरले चर्चा कमाइसकेको अवस्थामा ट्रेलरले पनि दर्शकमाझ उत्साह जगाउने निर्माण टिमको विश्वास छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरूङ, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरूङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरूङ, टेक गुरूङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्राश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij