Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हिमालयन बैंकको सेयरमा हबिब र नेसनल लाइफबीच सम्झौता

हिमालयन बैंकको सेयरमा हबिब र नेसनल लाइफबीच सम्झौता


  • 309
    Shares

    • images
    हिमालयन बैंकको सेयरमा हबिब र नेसनल लाइफबीच सम्झौता
    images

    काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंकसँग सम्झौता गरेको छ । नेशनल लाइफले गत २९ साउन बिहिबार हबिबको सेयर खरिद गर्नका लागि बैंकसँग सम्झौता गरेको हो ।

    इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० दरमा सेयर खरिद गर्ने सम्झौता भएको छ । हबिबले सेयर बिक्री गर्न हिमालयन बै‌कमा दिएको निवेदनका आधारमा बै‌कले संस्थापक लगानीकर्ताहरूलाइ आवेदन आह्वान गरेकोमा नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।

    हिमालयन बैंकमा रहेको हबिबको सेयर बिक्री गर्न प्रकाशित सूचनाको शर्त पूरा हुनेगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै आवेदन दिएको थियो ।

    हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७।४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले निवेदन दिएको थियो । 

    सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो । सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो  भने बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

    सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको थियो । न्युनतम प्रतिकित्ता ११२‍ रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेमा नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्न बोलपत्र पेश गरेको थियो । 

    बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।

    हिमालयन बैंकको सेयर किन्ने सबैभन्दा ठूलो आकांक्षी हिमालयन रि-इन्स्योरेन्स कम्पनी थियो । हिमालयन रिले उक्त सेयर खरिद गर्ने सहमतिसहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर बेच्ने प्रक्रिया रोकिएको थियो ।

     

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - १४:२७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij