२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । दक्षिण कोरियामा मृत्यु भएका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ ।
कतार एयरलायन्सको विमानर्फत उनको शव नेपाल ल्याइएको हो । शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लिएका छन् ।
विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको अघिल्लो सोमबार निधन भएको थियो । ईपीएस मार्फत कोरिया गएका उनी केही समयदेखि कम्पनी छोडेर बसेका थिए ।
काम खोज्दै सेल्टरमा बसिरहेको अवस्थामा उनी एकाएक ढलेपछि अस्पताल लगिएको थियो । अचेत अवस्थामै उपचारको क्रममा उनको निधन भएको थियो । उपचारको क्रममा उनको १७ लाख रूपैयाँ खर्च भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij