२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।
कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई संस्थापक शेयरधनिहरुले मात्र खरिदका लागि आवेदन पेस गर्न सक्ने छन्।
आवेदन १५ दिनभित्र पेस गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ। निवेदन काठमाडौंको टंगालस्थित कमपनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ। यसअघि पनि कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई ३५ दिनको म्याद दिएर यो शेयर बिक्रीमा राखेको थियो।
तर, संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेपछि पुनः १५ दिनको समय दिइएको हो। अब तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij