२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नबिल बैंकबाट भारतीय वित्तीय संस्था मुत्तुट फाइनान्स लिमिटेड बाहिरिने भएको छ। नबिल बैंकमा रहेको आफ्नो शेयर बेचेर भारतको कोचीस्थित मुत्तुट फाइनान्स बाहिरिन लागेको छ।
उक्त फाइनान्सको नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यो शेयर खरिदका लागि हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउँछन् ।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेको खण्ड अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij