Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सानिमा बैंक चीन विकास बैंकको एजेन्ट बैंकमा नियुक्त

सानिमा बैंक चीन विकास बैंकको एजेन्ट बैंकमा नियुक्त


  • 1.7K
    Shares

    सानिमा बैंक चीन विकास बैंकको एजेन्ट बैंकमा नियुक्त
    images

    काठमाडौं । चीन विकास बैंकले नेपालका लागि सानिमा बैंकलाई एजेन्ट बैंकको रूपमा नियुक्त गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौता भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा सम्पन्न भएको इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५ मा घोषणा गरिएको हो। 

    सानिमा बैंक तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र चीन विकास बैंकको बेइजिङ शाखाकी उपाध्यक्षले हस्ताक्षर गरेका छन्।

    सम्झौता अनुसार, सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)-१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)-१ लगायतका दुईवटा जलविद्युत् परियोजनाका लागि वित्तीय सहजीकरण र मध्यस्थकर्ताको रूपमा काम गर्ने भएको छ।

    कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, चीन विकास बैंकका उच्च अधिकारी तथा प्रमुख लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    images
    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १२:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij