२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । मेक्सिकोको मध्य क्षेत्रस्थित सडक किनारमा ६ वटा काटिएका मानिसको टाउको फेला परेको छ। स्थानीय प्रशासनका अनुसार मंगलबार बिहानै पुएब्ला र ट्लाक्सकाला राज्यलाई जोड्ने मार्गमा ती टाउको भेटिएका हो।
घटनास्थलमा ‘ला बार्रेदोरा’ नामले हस्ताक्षर गरिएको ब्लाङ्केटसहितको चेतावनी सन्देश पनि भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएको छ। यो नाम पश्चिमी राज्य गेरेरोमा सक्रिय एक सानो आपराधिक समूहसँग मिल्छ, तर आक्रमण उनीहरूले नै गरेका हुन् वा होइनन् भन्ने स्पष्ट हुन सकेको छैन ।
ट्लाक्सकाला प्रोसिक्युटरको कार्यालयले फेला परेको टाउको पुरुषको भएको पुष्टि भएको छ भने घटनाबारे थप छानबिन सुरु गरिएको बताएको छ।
सङ्घीय निकायहरूले भने अहिलेसम्म यस घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। राष्ट्रपति क्लाउडिया शेनबामको प्रशासनले फेन्टानिल तस्करीविरुद्ध कडा अभियान चलाइरहेको बेला यो घटना भएको छ।
जुन महिनामा सिनालोआमा २० जनाको शव फेला परेको थियो, जसमा ४ जनाको टाउको काटिएको थियो भने मे महिनामा ७ जना युवाको मृत्यु भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij