२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा रहेकि छिन् ।
‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् ।
प्रस्तुतिको क्रममा एलिनाको आजसम्म नदेखिएको अवतार देखिएको छ । एलिनाले स्टेजमा आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिरहँदा उनको टाउकोमा खादाको फेटा र फेटा भित्र डलर राखिएको देखिएको छ ।
उनीमाथि स्टेजमा नै डलरको वर्षा गरिएको छ । एलिनालाई त्यहाँ आएका दर्शकहरुले करिव एक हजार ७० डलर (एक लाख पचास हजार नेपाली रुपैयाँं) नगद उपहार दिएका छन् । अहिले उनको उक्त तस्विरले सामाजिक सञ्जाल ततााएको छ ।
अमेरिका लाग्नुअघि एलिना नेपालमा निजी जीवनको कारण चर्चामा थिइन् । न्यूयोर्कमा पहिलो प्रस्तुतिसँगै उनले अब आफू हाँस्न थालेको बताएकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij