२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । तान्जानियामा एक पुरुषको दाहिने स्तनको बिँडाबाट पिप बगिरहेको गुनासो लिएर अस्पताल जादाँ उनको छातीमा ८ वर्षदेखि चक्कुको ब्लेड अड्किएको पत्ता लागेको छ।
४४ वर्षीय ती पुरुष सामान्तया स्वस्थ जीवन बिताइरहेका थिए । करिब १० दिनदेखि दाहिने स्तनको बिँडाबाट पिप बगिरहेको गुनासो लिएर उनि अस्पताल पुगेका थिए।
मुहिम्बिली राष्ट्रिय अस्पतालका चिकित्सकले गरिएको एक्स–रे परीक्षणमा ब्लेड देखिएको हो। यो ८ वर्षअघि झगडाको क्रममा लागेको चोटबाट उनको छातीभित्र पसेको थियो। त्यसबेला उपचार गर्दा अस्पतालमा एक्स–रे सुविधा नभएकाले चक्कु देखिएको थिएन।
ब्लेडले कुनै महत्त्वपूर्ण अंग नछेकेको हुँदा उनलाई यति लामो समयसम्म कुनै समस्या भने आएन। पिप भने मृत कोषको संक्रमणका कारण आएको चिकित्सकहरूले जनाएका छन्।
सर्जरीमार्फत ब्लेड, मृत कोष र पिप हटाइएको छ। बिरामीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको चिकित्सकहरूले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij