Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्रम्प–जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु

ट्रम्प–जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु


  • 295
    Shares

    ट्रम्प–जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ।

    खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस  भग्नावशेषमा फसेको आशंका छ।’

    उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। रुसले रातभर युक्रेनमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ। वायुसेनाले रुसले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।

     

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १४:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij