Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रकाश सपुत र स्वस्तिमा खड्काले पिए एक-अर्काको जुठो पानी

प्रकाश सपुत र स्वस्तिमा खड्काले पिए एक-अर्काको जुठो पानी


  • 372
    Shares

    प्रकाश सपुत र स्वस्तिमा खड्काले पिए एक-अर्काको जुठो पानी

    काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । 

    आफ्नो टिभी कार्यक्रमबाटै प्रकाश सुबेदीले दाबी गरेका थिए कि ‘वसन्त’ को हल भिजिटमा स्वस्तिमा नहिँडेपछि सपुत उनीसँग पुरै चिढिरहेका छन् र अहिले उनीबीच बोलचालसमेत छैन । तर, सुबेदीको यो दाबीलाई खण्डित गर्दै एउटा भिडिओ सार्वजनिक भएको छ । यो प्रकाश र स्वस्तिमा दुवैले अभिनय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’का लागि बनाइएको प्रमोसनल भिडिओ हो, जसमा उनी दुवै सँगै देखिएका छन् । साथमा छिन् स्ट्यान्ड अप कमेडियन सीता न्यौपाने ।

    यस भिडिओमा प्रकाश र स्वस्तिमा केमेस्ट्री पहिलेजस्तो सहज र सामान्य देखिन्छ । उनीहरुबीच मनमुटाबको गन्ध यसमा आएको छैन ।

    भिडिओको सुरुवातमा दुईजना दुईपट्टि फर्केर बसेका छन्, एक-अर्कासँग रिसाएको भाव देखाउँदै । प्रकाश सपुतको गिलासमा पानी पिइरहेका हुन्छन् । सीता आएर दुवैलाई सोध्छिन्, ‘पानी बाराबार भएको भन्या सुन्या थेँ । के हो तपाईँहरू अझैँ पनि बाझिरहेको हो ? मिल्नु हौ, बेला बित्न लागिसक्यो । एक्सक्युज मी !’

    यसपछि दुवैजना एक-अर्कालाई हेर्दै खुलेर हाँस्छन् । यही हाँसोले नै ‘पानी बाराबार’ को दाबीलाई खण्डित गरेको छ । उनीहरूले कुनै जवाफ नदिईकन ‘हरिबहादुरको जुत्ता’ को सोमबार रिलिज हुन लागेको ‘बेला बितेसी’ गीत हेर्न दर्शकलाई आह्वान गरेका छन् ।

    भिडिओको अन्त्यमा प्रकाशले आफूले पिइरहेको पानीको गिलास स्वस्तिमालाई दिन्छन् । स्वस्तिमाले एक घुट्को पिउँछिन् । फेरि प्रकाशलाई दिन्छिन् । प्रकाशले पनि एक घुट्को पिउँछन् । ‘पानी बाराबार’ नरहेको ईंगित गर्न सांकेतिकरुपमा यो दृश्य खिचिएको हो ।

    ‘हरिबहादुरको जुत्ता’ को निर्माण सम्बद्ध स्रोतले प्रकाश र स्वस्तिमाबीच खटपटको कुनै पनि संकेत नपाएको बतायो ।

    स्रोतले भन्यो, ‘खोइ, रजतपटमा कसरी समाचार आयो । चलचित्रमा काम गर्ने क्रममा उहाँहरुबीच कहिले पनि सम्बन्ध बिग्रेको वा मनमुटाब भएको महसुस कसैलाई भएको छैन । पानी बाराबार भएको खबर पूर्णरुपमा झूटो हो ।’

    प्रकाश सपुत स्वभावैले अलिकति रिजर्भ खालको व्यक्ति भएको र आफ्नो कामसँग मात्रै मतलब राख्ने पनि स्रोतको भनाइ छ ।

    ‘उहाँ आएर फटाफट काममा लाग्नु हुन्छ, कसैसँग पनि गफसफ गरेर धेरै समय बिताउनुहुन्न । यही स्वभावले गर्दा कसैलाई त्यस्तो भ्रम परेको हुन सक्छ,’ स्रोतले बतायो ।

    हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १७:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij