Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५ अंकले घट्यो नेप्से, ६ अर्ब २१ करोडको कारोबार

५ अंकले घट्यो नेप्से, ६ अर्ब २१ करोडको कारोबार


  • 7.0K
    Shares

    ५ अंकले घट्यो नेप्से, ६ अर्ब २१ करोडको कारोबार
    images

    बुधवार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा सीमित भएको छ । यस दिन १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ ।

    यस दिन ९० वटा कम्पनीको शेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

    बुधवार रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले शेयर मूल्यमा उछाल आएको छ ।

    त्यसैगरी छ्याङदी हाइड्रोपावर ९.९७ प्रतिशत, समता घरेलू लघुवित्तको ९.९२ प्रतिशत, युनियन हाइड्रोपावरको ९.८० प्रतिशत, जोशी हाइड्रोपावरको ९.७२ प्रतिशत र बरुण हाइड्रोपावरको ९.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्तको शेयर मूल्य घटेको छ ।

    यो दिन कारोबार रकमका आधारमा सबैभन्दा अगाडि प्रभु इन्स्योरेन्स, एनआइसी लघुवित्त, एनसीसी बैंक, अपि पावर कम्पनी र जनउत्थान सामूदायिक लघुवित्त कम्पनी छन् ।

    उपसमूहतर्फ जलविद्युत् कम्पनीमा १.७३ प्रतिशतले बढेको छ भने लघुवित्त कम्पनीको उपसमूह १.१५ प्रतिशतले गिरावट देखिएको छ ।

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १६:०७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij