२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij